बाँगेको मैदान माबिका विद्यार्थीलाई सिकाई सम्बन्धि उत्प्रेरणा तालिम

बाँगेको मैदान माबिका विद्यार्थीलाई सिकाई सम्बन्धि उत्प्रेरणा तालिम

  • Kanchan News

  • बिहिबार, मंसिर ६, २०८१

  • 0 View
    SHARES
बाँगेको मैदान माबिका विद्यार्थीलाई सिकाई सम्बन्धि उत्प्रेरणा तालिम

 

पोखरा । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ५ बाँगेमा रहेको मैदान माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई सिकाई सम्बन्धि उप्रेरणा तालिम मंगलबार सम्पन्न भयो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले विद्यार्र्थीहरुले हरेक दिन पाठ्यक्रमका सामाग्रीको साथै बाहिरी ज्ञान पनि लिदै रहनुपर्ने बताउँदै अभिभावक र शिक्षकले बालबालिकालाई सधैं सकारात्मक सोचका बारेमा प्रेरणा दिइ रहनुपर्ने बताए ।

कसरी पढ्ने कसरी सिक्ने किताबका लेखक कृष्ण क्षेत्री उदयले आफ्नो किताबमा आफुले शिक्षक, घर परिवारका सदस्य, साथीभाइबाट सिकेका र जिवनमा भोगेका अनुभव, अनुभुतिहरु समेटिएको बताए । साथै उनले विद्यार्थी तथा अभिभावक समय अनुसार प्रबिधि मैत्री हुनुपर्ने तर सोसल मिडियामा दैनिक कति समय दिनुपर्ने ? तथा के को लागि दिनुपर्छ ? भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय पार्षद सागर कार्कीले बोल्ने कलाका फाइदा र बोल्न नजान्दाका बेफाइदाहरुको बारे प्रशिक्षण दिदै जुनसुकै पेशा ब्यबसायमा पनि बोल्ने कलाको महत्त्व रहेको बताउँदै विद्यार्थी कालमै बोल्ने कला सिक्नुपर्ने बताए ।

संघर्षमा कलमका अध्यक्ष तथा पत्रकार कृष्ण रानाभाटले विद्यार्र्थीकालमा समयको सदुपयोग गर्न जानेमा जिवन भर सुख पाइने बताउदै आफुलाई आबश्यक तालिमहरु समयमै लिनुपर्ने बताए ।

वेभपेज नेपालका सिइओ पितम सेन ठकुरीले योग र ध्यानको महत्त्व बुझाउँदै साना बाबुनानीहरुलाई योग सम्बन्धि प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कक्षा १ देखि ६ सम्म एक समुह, कक्षा ७ देखि १२ सम्म अर्को समुह गरी दुई समुहमा बिभाजन गरी विद्यार्र्थीहरुलाई थोग, ध्यान, वोल्ने कला प्रशिक्षण र सिकाई सम्बन्धि उत्प्रेरणा तालिम दिइएको थियो ।

सो अबसरमा विद्यार्थीहरुका साथै शिक्षक, अभिभावक, विद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी एवं सदस्यहरुको उल्लेख उपस्तिथि रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक थानेस्वर पौडेल, टेक नारायण गुरुङ र लेखापाल सुनिल क्षेत्रीले विद्यार्थी काल बाट नै बालबालिकाहरुलाई योग, ध्यान, विभिन्न तालिम दिन सकेमा विद्यार्थीको भबिष्य उज्ज्वल हुने धारणा राखेका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News