दीपक मनाङेलाई सीआईबीबाट अदालत लगियो

दीपक मनाङेलाई सीआईबीबाट अदालत लगियो

  • Kanchan News

  • मङ्लबार, कार्तिक २७, २०८१

  • 74
    SHARES
दीपक मनाङेलाई सीआईबीबाट अदालत लगियो

काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालततर्फ लगिएको छ ।

अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ ।

काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News