ह्यारिसले दिइन् ट्रम्पलाई बधाई, सत्ता हस्तान्तरणमा सघाउने

ह्यारिसले दिइन् ट्रम्पलाई बधाई, सत्ता हस्तान्तरणमा सघाउने

  • Kanchan News

  • बिहिबार, कार्तिक २२, २०८१

  • 122
    SHARES
ह्यारिसले दिइन् ट्रम्पलाई बधाई, सत्ता हस्तान्तरणमा सघाउने

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडन प्रशासन र डोनल्ड ट्रम्पबीच शान्तिपूर्ण ढङ्गले सत्ता हस्तान्तरण गर्न आफूले सघाउने बताएकी छन्।

वाशिङ्टन डीसीमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले चुनावको परिणामलाई स्वीकार गरे पनि ‘चुनावी अभियानलाई बल दिएको लडाइँप्रति हार नमान्ने’ बताइन।

उनले आफूले सबै मानिसहरूको स्वतन्त्रता, अवसर, सम्मान र समानताको लागि लडिरहने पनि धारणा राखेकी थिइन्।यसअघि बुधवार ह्यारिस र राष्ट्रपति बाइडनले राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पलाई टेलिफोन गरेर निर्णायक जितका लागि बधाई दिएका थिए।ट्रम्पको अभियानले संयुक्त राज्य अमेरिकालाई एकताबद्ध बनाउनुको महत्त्वबारे ह्यारिससँग पूर्व राष्ट्रपति सहमत रहेको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News