रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

  • Kanchan News

  • बिहिबार, कार्तिक ८, २०८१

  • 113
    SHARES
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार म्याद थप गरेको हो ।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सोहिदिन राति जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो । कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई अदालतमा पेश गरिएको थियो ।

अदालतले पहिलो प६ शुक्रबारबाटै लागू हुनेगरि ६ दिनको म्याद थपेको थियो ।  बयान गराउन भन्दै थपिएको सो म्याद बिहीबार सकिए पछि उनलाई आज अदालत पेश गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् ।

गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छवि विरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News