काठमाडौं उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए

काठमाडौं उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए

  • Kanchan News

  • बिहिबार, अशोज २४, २०८१

  • 44
    SHARES
काठमाडौं उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए

घटनास्थापनदेखि आज (फूलपाति) बिहीबार बिहान ६ बजेसम्म 8 लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्‍यक्ष विजय स्वारले अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएको बताए । महासङ्घका अध्यक्षका अनुसा यसवर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।

उनले यसवर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । ‘सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उहाँले भन्नुभयो, “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दशैं मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन्। उनका अनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्याङ्क आउन बाँकी छ । ‘आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,’ स्वारले भने ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News