बसाइँ गएकालाई फर्काउन महाशिलाको जुक्ति- ६ महिनासम्म पुग्ने खाद्यान्न र एक लाख अनुदान

बसाइँ गएकालाई फर्काउन महाशिलाको जुक्ति- ६ महिनासम्म पुग्ने खाद्यान्न र एक लाख अनुदान

  • Kanchan News

  • बुधबार, अशोज ९, २०८१

  • 131
    SHARES
बसाइँ गएकालाई फर्काउन महाशिलाको जुक्ति- ६ महिनासम्म पुग्ने खाद्यान्न र एक लाख अनुदान

आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू थातथलो फर्किएमा महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च दिने भएको छ ।

गाउँलेहरू बसाइँ सर्ने क्रम बढेकाले पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरेको हो ।

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले सुनाए । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने भुसालले बताए ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।

-रासस


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News