माओवादी संसदीय दलबाट कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट हेर्दाहेर्दै राखिएको छ । माओवादीले गरेको कारबाहीको विरुद्ध सर्वोच्च पुगेका देवकोटाको आइतबार पेशी थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको देवकोटाको मुद्दामा आइतबार हेर्दाहेर्दैमा राखिएको छ ।
देवकोटाले असार ६ गते आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादीको सांसद भएको दाबी गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।