
फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकीका उर्जा मन्त्री फणिन्द्र देवकोटाको संसद पद गएकोे छ । पार्टीको ह्विप नमानेको भन्दै नेकपा माओवादी केन्द्रले उनलाई कारबाही गरेको हो ।
माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क) बाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले जेठ २८ गते फ्लोर क्रस गरेर पाण्डेलाई विश्वासको मत दिएका थिए ।
माओवादीले संसद सचिवालयलाई देवकोटाले राजनीतिक दल सम्बन्धी ऐनको २०७३ को दफा ३४ अन्तर्गत दल त्याग गरेको सूचना दिएको थियो ।
माओवादी संसदीय दलमा रहेका उनले ह्विप विपरित मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि कारबाहीमा परेका हुन् । माओवादीले कारबाही गरेको पत्र सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभामा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका हुन् ।
मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका देवकोटाले उपहारमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पाएका छन् । संसद पद गएपनि उनी ६ महिनासम्म मन्त्रि हुन भने पाउँछन् ।