कांग्रेस र राप्रपाले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

कांग्रेस र राप्रपाले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

  • Kanchan News

  • बिहिबार, बैशाख ६, २०८१

  • 105
    SHARES
कांग्रेस र राप्रपाले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रवार बस्ने गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने तयारी गरेको छ ।

सर्वोच्च अदालतको आदेश विपरीत प्रदेश सभा बैठक बोलाइएको भन्दै कांग्रेस र राप्रपाले बहिष्कार बैठक गर्ने तयारी गरेको हो ।

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम र दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो ।

आदेशको अवहेलना गर्दै गरिएको संसदीय गतिविधिमा कांग्रेस सहभागी नहुने कांग्रेस गण्डकीका संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।राप्रपा गण्डकी संसदीय दलका नेता पञ्चराम गुरुङले अदालतबाट कुनै निर्णय नआएसम्म संसदीय गतिविधिमा सहभागी नहुने बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News