हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै हो’ : राष्ट्रपति पौडेल

हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै हो’ : राष्ट्रपति पौडेल

  • Kanchan News

  • सोमवार, बैशाख ३, २०८१

  • 63
    SHARES
हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै हो’ : राष्ट्रपति पौडेल

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताउनुभएको छ ।

विश्व सम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताउनुभयो । “यसको लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकाङ्क्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रूप दिन अनिवार्य छ,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेन वंशी राजा त्रिविक्रम सेनदेखि नै शाह काल, राणा काल र पञ्चायत काल सम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरू र स्मारकहरू लुकेर रहेको चर्चा गर्दै उहाँले तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा व्यक्त गर्नुभयो । “अहिले तनहुँसुरलाई यता चुँदीतिरबाट र उता दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भइरहेको छ, दक्षिणतिर भगवती रंगपथसमेत गरी तीनै तिरबाट पक्की बाटो तनहुँसुर ताकेर बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्, डाँडका दिन फर्कँदै छन्”, उहाँले भन्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News