
पर्वत। नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आउन आँकाक्षीहरुले तयारी अगाडी बढाएका छन ।
नेकपा(एमाले) पर्वतको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष राजुप्रसाद पौडेल र सचिब गोबिन्द गिरी पहाडीले तयारी तीब्र बनाएका छन ।
जिल्ला अधिबेशनका लागि बुधबार प्रतिबेदन माथि छलफल हुने र बिहीबारबाट निर्वाचन प्रकृया शुरु गर्ने तयारी छ । केही जनसंगठन र वडाहरुमा प्रतिनिधीमा देखिएको बिबादका कारण बुधबार मध्यान्ह सम्म बन्दसत्र शुरु हुन भने सकेको छैन ।
बन्दसत्र शुरु नभएपछि प्रतिनिधीहरु समुह समुहमा बसेर छलफल गरिरहेका छन । उनीहरु नेतृत्व चयनका लागि निर्वाचन नहोस भन्ने पक्षमा मत ब्यक्त गरिरहेको भेटिन्छ । पर्वतको वर्तमान पार्टी नेतृत्वको अगुवाईमा संघ र प्रदेशमा क्लिन स्विप गर्न सफल भएको तथा स्थानिय तहमा समेत सबै कार्यपालिकामा बहुमत र जिल्ला समन्वय समिति पनि आफ्नो पोल्टामा पार्न सफल भएकाले वर्तमान नेतृत्व नै दोहो¥याउने पक्षमा देखिएका छन । पार्टीको आन्तरिक निर्वाचनमा प्यानल बनाएर प्रतिष्पर्धा गर्दा भविश्यमा स्थानिय र संघ तथा प्रदेशको निर्वाचनमा त्यसको नकारात्मक प्रभाव पर्न सक्ने चिन्ता प्रतिनिधीहरुमा देखिएको छ ।
अहिले प्रतिष्पर्धाको तयारीमा रहेपनि अन्तिम समयमा राजुप्रसाद पौडेलको नेतृत्वमा नै सहमति जुट्न सक्ने र वर्तमान कमिटीका केही पदाधिकारीहरुलाई प्रदेश र स्थानिय तहको निर्वाचनमा उमेदवार बनाउने गरि सहमतिको प्रयास हुने एक जना प्रतिनिधीले बताए । प्रतिनिधी सहमतिको वाताबरण बन्नुपर्ने पक्षमा रहे पनि अध्यक्षका आकांक्षीहरुले आफ्नो तयारी अगाडी बढाएका छन । अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष तथा फलेबास नगरपालिकाका पूर्व प्रमुख पदमपाणी शर्मा र उनको समुहले समर्थन गरेको छ । पर्वत एमालेमा निर्णायक रहेको पदमपाणी शर्मा समुह समेतको समर्थन पाएपछि पौडेल समुह बलियो देखिएको छ । पौडेलको प्यानलबाट निर्वाचन हुँदा पौडेलको समुहबाट उपाध्यक्षमा शिब पौडेल, सचिबमा जीवन उच्चै ठकुरी, उपसचिबमा देबी तिमिल्सिना लगायतका नेताको चर्चा छ भने पहाडीको समुहबाट उपाध्यक्ष बिमल लामिछाने, सचिब सुवासचन्द्र पौडेल र उपसचिबमा चण्डी भुर्तेल तथा कमला पन्तको चर्चा रहेको छ । पौडेल पक्षबाट सचिबका उमेदवार बन्ने जीवन उच्चै र उपसचिब देबीप्रसाद तिमिल्सिना पुर्व उपाध्यक्ष पदमपाणी शर्माको समुहका हुन ।
अध्यक्ष पदमा राजु पौडेललाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य कल्पना चापागाई, पुर्व मन्त्री तथा संविधानसभा सदस्य बिकास लम्साल, प्रदेश साँसदहरु मित्रलाल बस्याल र भक्त कुवँर सहितका नेताको समर्थन रहेको छ भने पहाडीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको समर्थन रहेको छ ।
उद्घाटन कार्यक्रममा एमाले पर्वतका अध्यक्ष राजु पौडेलले आफ्नो नेतृत्वमा एमाले पर्वतले धेरै सफलता पाएकाले पुनः नेतृत्वको दौडमा होमिएको बताएका थिए । आफुँ अध्यक्ष भएपछि एमाले पर्वतले धेरै सफलता पाएको हुँदा ९ महिना बाँकी रहेका कारण दोहोरिन कार्यकर्ताबाट दबाब आएको बताएका छन ।
यस अघिको जिल्ला अधिबेशनमा पनि अध्यक्षको आँकाक्षी रहेर सहमतिका लागि सचिबमा बसेका कारण अध्यक्षको दाबी स्वभाविक भएको बताएका छन ।