नेकपा एमाले कास्कीको अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी भएका छन् । ११ औं जिल्ला अधिवेशन बाट ५ सय ५१ मत सहित अध्यक्षमा क्षेत्री विजयी भएका हुन । उनका निकटतम् प्रतिस्पर्धी माधव बास्तोलाले २ सय ४७ मत ल्याएका छन् ।
अन्यको नतिजा आउने क्रम जारी छ । मतदान विद्युतीय माध्यबाट गरिएको थियो । पदाधिकारीमा क्षेत्री समूहले क्लिन स्विपु नै गरेको छ ।
उपाध्यक्षमा भेषराज बराल ५२७ मत, सचिवमा दर्शन लामा ५९५ मत, उपसचिवमा लालबहादुर परियार ५८१ मत र सन्तु सुवेदी ५१० मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षका उमेदवार शिव आचार्यले ३८८ मत, सचिव सुरेन्द्र गुरुङले ३२० मत, उपसचिवद्वय राधिका शाही योगी ३४४ र गीता विश्वकर्माले ३३४ मत प्राप्त गरे ।