पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मृर्गौला प्रत्यारोपणमा सफल

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मृर्गौला प्रत्यारोपणमा सफल

  • Kanchan News

  • शुक्रबार, चैत्र ९, २०८०

  • 70
    SHARES
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मृर्गौला प्रत्यारोपणमा सफल

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मृर्गौला प्रत्यारोपण कार्यमा सक्षम भएको छ । अस्पतालको आफ्नै जनशक्तिबाट बिहीबार पहिलो पटक सफल रुपमा प्रत्यारोपण गरिएको हो ।

तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरिएको हो । उहाँलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मृगौला दान दिनुभएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि अस्पताल प्रत्यारोपणमा आत्मनिर्भर बनेको हो ।
यसअघि विसं २०७९ असारमा पहिलोपटक सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले पश्चिमाञ्चल अस्पतालमा प्रत्यारोपण गरेको थियो ।

पोखरामा प्रत्यारोपणका लागि केन्द्रले सहयोग गर्दै आएकामा पछिल्लो पटक अरुको सहयोग बिनानै यहीँकै चिकित्सकको टोलीले सो कार्य गर्न सफल भएका हुन् ।

बिहीबार अस्पतालका युरो सर्जनद्धय डा प्रकाश क्षेत्री र डा अनुप चापागाई, नेफ्रोलोष्टि डा जुजुराम श्रेष्ठ र डा अमृत केसी, जनरल सर्जन डा डेभिड श्रेष्ठ सहित एनेस्थेसिया विभागका चिकित्सक र नर्सिङका स्वास्थ्यकर्मी सहितको टोलीले विहानदेखी साँझ सम्म लगाएर प्रत्यारोपण गरेको अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो ।

मृगौला प्रत्यारोपणपछि दाता र ग्रहणकर्ता केही दिन अस्पतालमै बस्नेपर्ने र पछि समेत दुवैलाई नियमित रुपमा अस्पतालले फलोअपमा बोलाउने गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आठ वटा प्रत्यारोपणमा प्रत्यारोपण केन्द्रका चिकित्सकबाट गरिएकामा हिजो नवौँ प्रत्यारोपण पहिलो पटक प्रतिष्ठानका आफ्नै चिकित्सक र स्वास्थ्यकर्मीबाट गरिएको प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले बताउनुभयो ।

लामो समयको तालिम र अनुभवपछि यहीकै जनशक्ति प्रत्यारोपण कार्यमा सफल भएपछि निर्देशक खत्रीले खुशी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,“हामी सुरुआतदेखीनै यहीँको जनशक्तिलाई सक्षम बनाउने गरी लागेको थियौँ । विगतमा काठमाडौँ र पोखराका चिकित्सकबाट संयुक्त रुपमा प्रत्यारोपण समेत भयो । अब हामी हामी आफै प्रत्यारोपण गर्न सक्षम भएका छौँ, यो सबैका लागि खुशीको दिन हो । ”

अस्पतालकै जनशक्तिबाट सो कार्य सम्भव भएपछि प्रत्यारोपणका लागि पालो पर्खनुपर्ने अवस्था पनि कम हुँदै जाने खत्रीले बताउनुभयो ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सकको प्रत्यक्ष निगरानी, अनुभव तथा तालिमपछि अस्पतालका जनशक्ति सो कार्यका लागि समक्ष बनेको अस्पताका सूचना अधिकारी समुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको टोलीले काठमाडौँ गएर समेत तालिम लिएको थियो ।पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मृगौला प्रत्यारोपण गर्दा बिरामीले रु चार लाख सम्म सहुलियत पाउने गरेका छन् ।

विपन्न नागरिकको औषधी उपचार कार्यक्रम अन्तर्गत अस्पताल सूचीकृत भएसँगै उहाँ प्रत्यारोपण गर्नेले समेत सो सहयोग प्राप्त गर्ने बताइन्छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डायलासिसका बिरामीको चाप ठूलो रहेको छ । यहाँ १८ वटा मेसिनबाट दैनिक तीन सिफ्टमा डायलासिस सेवा प्रदान गरिदै आइएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News