
नेकपा एमालेले गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेकाले दीर्घकालीन रुपमा असर पार्ने निर्णय नगर्न मुख्यमन्त्रीलाई आग्रह गरेको छ । आईतबार बसेको एमाले संसदिय दलको बैठकले प्रदेश सरकार अल्पमतमा परिसकेकाले र्दीघकालीन निर्णय नगर्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आग्रह गरेको हो ।
मुख्यमन्त्रीले सरकार अल्पमतमा परिसकेपछि पनि दीर्घकालीन दायित्व थप्ने खालका योेजना कार्यान्वयन गर्न लागेको एमालेको भनाइ छ ।
‘सरकार नै अल्पमतमा परिसकेपछि बजेटको रकमान्तर गर्नु, दीर्घकालीन रुपमा दायित्व थप्ने बहुवर्षीय योजना कार्यान्वयन गर्नु पनि उचित नभएकाले’, ‘सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको एमाल गण्डकी प्रदेश संसदिय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिनुभयो ।