सेयर बजारमा दोस्रो सर्किट ब्रेक

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

  • Kanchan News

  • सोमवार, फाल्गुन २१, २०८०

  • 103
    SHARES
सेयर बजारमा दोस्रो सर्किट ब्रेक

सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । दाेस्रो सर्किटपछि  नेप्से परिसूचक ९८ अंक बढेर २०५९ अंकमा पुगेको छ ।अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । त्यसपछि खुलेको बजारमा थप १ प्रतिशत विन्दु वा कुल ५ प्रतिशत घटेमा वा बढेमा दोस्रो सर्किट ब्रेक लाग्छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News