गठवन्धन भत्कियो,एमाले र माओवादी बीच नयाँ समीकरण बनाएर जाने सहमति

गठवन्धन भत्कियो,एमाले र माओवादी बीच नयाँ समीकरण बनाएर जाने सहमति

  • Kanchan News

  • सोमवार, फाल्गुन २१, २०८०

  • 238
    SHARES
गठवन्धन भत्कियो,एमाले र माओवादी बीच नयाँ समीकरण बनाएर जाने सहमति

राष्ट्रियसभा अध्यक्ष, मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस महासमिति प्रतिवेदनलगायतका विषयले सत्ता गठबन्धन विघटनउन्मुख बनेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड अर्को समीकरणमा हाम्फाल्न तयार देखिएका छन् ।

हिजो राति प्रचण्डले एमाले, रास्वपा र जसपाका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । टीआरसीको विषयमा छलफल भएको भनिए पनि मुख्य विषवस्तु सत्तासमीकरण रहेको एक नेताले बताए ।

हिजोको विकासक्रमपछि आज बिहानैबाट कांग्रेसबाहेक सबै दलहरू आन्तरिक बैठकमा जुटेका छन् । आज बिहान बस्ने भनिएको सत्ता गठवन्धनको बैठक स्थगित बनेको छ ।

माओवादीका एक पदाधिकारीका अनुसार आजै दुवैतर्फको बैठकले नयाँ सत्तासमीकरणबारे औपचारिक निर्णय लिने छ । अहिले माओवादी पदाधिकारीको बैठक बालुवाटारमा बसिरहेको छ भने बालकोटमा एमाले सचिवालयको बैठक जारी छ । रास्वपा र जसपा पनि बैठकमा छन् ।

हिजो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच २ पटक भेट भएको थियो । ओली साँझ महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार छिरेका थिए । त्यसको केहीबेरमा रास्वपा सभापति रवि लामिछाने पनि पसेका थिए ।

कांग्रेसको महासमिति बैठकबाट सत्ता सहकार्य हुनसक्ने तर, चुनावमा गठबन्धन नहुने दस्तावेज पारित भएको थियो । उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्तावमा अहिले प्राप्त ‘उपलब्धिहरू’ हत्या हिंसाबाट नभएर जनआन्दोलनबाट हासिल भएको उल्लेख छ । जनयुद्धलाई क्रेडिट दिइएको छैन । यसमा माओवादी असन्तुष्ट बनेको हो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News