मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
टाइब्रेकरमा मनाङका लागि रणदिप पौडेलले प्रहार गरेको नवौं पेनाल्टी जाउलाखेलका गोलरक्षक युनेश चौधरीले बचाए र टिमलाई सेमिफाइनल पुर्याए ।
यसअघि निर्धारित ९० टमिनेमा दुवै टिमबाट १-१ गोल भएपछि थपिएको अतिरिक्त समयमा कुनै गोल भएन र खेल टाइब्रेकरमा पुगेको थियो ।
खेलमा जावलाखेलले पहिले अग्रता लिएको थियो । खेलको ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।खेलको अन्तिम मिनेटमा परियारले बायाँ साइडबाट सिधै विपक्षीको बक्समा क्रस गरेका थिए । तर, बल सिधैं पोस्टभित्र छिर्दै गोलमा परिणत भयो ।