पोखरामा सञ्चालन भएको २३ औँ आहा रारा पोखरा गोल्डकफको शनिबारको खेलमा थ्रिस्टार क्लब बिजयी भएको छ ।
रङ्गशालामा भएको क्वाटरफाइनलको पहिलो खेलमा पाहुना टोली भुटानको पारो फुटबल क्लबलाई २–० गोलले पराजित गर्र्दै थ्रिस्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । खेलको पहिलो हाफ र दोस्रो हाफ गोल रहित बराबरी भएको थियो ।
थप गरिएको ३० मिनेटमा खेलको एक सय १४ औँ र एक सय १९ औँ मिनेटमा थ्रिस्टारका आशिष चापागाईले गोल गरेपछि थ्रिस्टारले अन्तिम चारको यात्रा गर्न सफल भया ।
नियमित समयमा दुबै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए । थ्रिस्टार क्लबले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको थियो । पाहुना टोली पारो भने सिधै क्वाटरफाइनल खेलेको हो ।
प्रतियोगिता अन्तर्गत आइतबरा दोश्रो क्वाटरफाइनलको खेल संकटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकाबीच हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो ।
यही माघ ९ गतेदेखी सञ्चालन भएको प्रतियोगिताको फाइलन खेल माघ २० गते हुनेछ । प्रतियोगितको विजेताले रु १२ लाख एक हजार नगद सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।यसैगरी उपविजेता टोलीले रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।