विहादी गाउँपालिकाले आयोजना गरेको शिविरमा ३७६ जनाले गरे आँखाको परीक्षण

विहादी गाउँपालिकाले आयोजना गरेको शिविरमा ३७६ जनाले गरे आँखाको परीक्षण

  • Kanchan News

  • आइतवार, पुस १५, २०८०

  • 164
    SHARES
विहादी गाउँपालिकाले आयोजना गरेको शिविरमा ३७६ जनाले गरे आँखाको परीक्षण

पर्वत जिल्लाको विहादी गाउँपालिकाले आयोजना गरेको शिविरमा ३७६ भन्दा बढीले आँखाको परीक्षण गराएका छन् । गाउँपालिकाको आयोजनामा वहाकीठाँटी स्वास्थ्य चौकीमा आयोजित एक दिवसिय निःशुल्क आँखा शिविरमा ३७६ भन्दा बढी मानिसहरुले आँखाको परीक्षण गराएका हुन् ।
विहादी गाउँपालिकाको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालित गरिएको थियो । आँखाको परिक्षण गराएका मध्ये २१ जनामा मोतियाबिन्दु फेला परेको छ । उनीहरु लाई हिमालय आँखा अस्पताल पोखरामा उपचार गर्ने व्यवस्था मिलाईएको छ । गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर बाट आँखा परिक्षण गराउन पाउदा स्थानियवासी खुसी थिए ।
गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकता दिदै काम गरेको बताउदै उपाध्यक्ष मिना शर्मा तिवारीले शिविर बाट स्वास्थ्य लाभ लिन स्थानियलाई केहीँ मात्रामा भएपनि सहज भएको बताउनुभयो । उहाँले आँखाको महत्व हाम्रो शरीरका अरु अंग भन्दा विशेष रहेको बताउँदै सन्तुलित आहार र पोषणयुक्त खाना खानु पर्ने,आँखा प्रकृतिको अनुपम उपहार रहेको हुँदा आँखाको सुरक्षामा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
बिहादी गाउपलीमकामा अथर्मिक असिस्टेन्ट जरुरी रहेको र यस बिषयलाई छिट्टै पुरा गर्ने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो । कार्यक्रममा वडाध्यक्षहरु,स्वस्थ्य शाखा प्रमुख हरी भुसाल,कार्यपालिका सदस्य तथा वाड सदस्य, ६ वटै शाखा का स्वस्थ्य इन्चार्जहरुको सहभिगता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News