
पर्वत– नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गर्न नसकेकोआरोप लगाएका छन । ‘समृद्धिका लागि संकल्प यात्रा‘ अन्तर्गत ८ औं दिन पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहदजनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले मुलुक चौतर्फि संकटमा पर्दै गएको भएपनि अहिलेको गठवन्धन सरकार गैरजिम्मेवार बनेकोबताए । देश बर्बादिको दिशातर्फ अघि बढ्दै गएको छ अध्यक्ष ओलीले भने-‘मुलुकमा अराजकता बढाउने, गैरराजनीतिक कुसंस्कारलाईप्रश्रय दिने, जनतामा निराशा बढाउने जस्ता काम यो सरकारवाट भएका छन् ।‘ मुलुकमा सरकार भए नभएको जनतालाई कुनै अनुभूति नैहुन नसकेको उनको भनाई छ । यो सरकार इतिहासकै असफल सरकार भएको उनको भनाई छ ।
उनले यहि सरकार रहिरहे देश बर्बाद हुँदै जाने बताए । यो सरकार आफुले पनि काम नगर्ने र अरुलाई पनि गर्न नदिने खालको रहेकोबताउँदै आफ्नो पालामा शुरुवात गरेका कामहरु अहिलेको सरकारले लथालिङ्ग पारिदिएको समेत आरोप लगाए । उनत सरकारबनेपछि एक इन्चपनि सडक बनाउन नसकेको बताउँदै न विकास निर्माण गर्छ, न उद्योग कलकारखाना खोल्छ, उल्टै पुराना उद्योगहरु समेत
बन्द गर्न थालेको बताए । जनतालाई महंगीको दलदलमा फसाईरहेको बताउँदै यहि अवस्था रहिरहे सडकवाटै जनताले सरकारकोविकल्प खोज्ने बताए । यहि अवस्था रहिरहे मुलुकको अस्तित्व समेत खतरामा पर्ने उनको भनाई थियो ।