आयोजना बैंक सञ्चालनमा ल्याउदै गण्डकी प्रदेश सरकार

आयोजना बैंक सञ्चालनमा ल्याउदै गण्डकी प्रदेश सरकार

  • Kanchan News

  • बुधबार, मंसिर १३, २०८०

  • 119
    SHARES
आयोजना बैंक सञ्चालनमा ल्याउदै गण्डकी प्रदेश सरकार

पोखरा
गण्डकी प्रदेश सरकारले योजना बैंक बनाउने भएको छ । साना र टुक्रे योजनालाई हटाई प्रभावकारी विकासका योजना छनौट गर्न योजना बैंकको स्थापना गर्न लागिएको हो । प्रदेश सरकार बाट बिनियोजन हुने बार्षिक कार्यक्रमहरुको बजेट २–४ लाखका टुक्रे योजनामा समेत बिनियोन हुदाँ त्यसले कुनै प्रतिफल दिन नसकेको र अनावश्यक तथा अनुत्पादक क्षेत्रमा बजेट जाने परिपाटीलाई अन्त्य गर्न योजना बैंक सञ्चालनको तयारी गरेको प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले जनाकारी दिनुभयो । परिणाम देखिने योजनाहरु तथा प्रदेशका आयोजनाहरुको प्राथमिकता निर्धारण गरि बजेट बिनियोजन गर्ने उद्देश्यका साथ योजना बैंक सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । “योजना बैंक एउटा एप्स हो, प्रदेश सरकार मातहतका जिल्लाहरुमा रहेका कार्यालय र पालिकाहरुमा समेत यसको एक्सिज हामी दिन्छौँ, त्यहाँ बाट महत्वपूर्ण भनेर ईन्ट्रि गरेका योजनाहरुलाई हामी योजना बैंकमा राख्छौँ’, उपाध्यक्ष देवकोटाले भन्नुभयो, ति ईन्ट्री भएका योजनाहरुलाई सफ्टवेयरले देखाउँछ, अनि हामी प्रथामिकता र आवश्यकताका आधारमा योजना छनौट गर्छौँ ।
योजना बैंकले आयोजना पहिचान, त्यसको वैकल्पिक मूल्यांकन, छनौट, प्राथामिकीकरण, लगानी सन्तुलन र कार्यान्वयन गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । योजना बैंक सञ्चालनमा ल्याउन निति तथा योजना आयोगले जिल्ला जिल्लामा पुगी राय लिने तयारी गरेको छ भने सांसद तथा विज्ञहरु बाट समेत सुझाव माग्ने काम गरिरहेको छ ।
गण्डकी प्रदेशका मुख्यन्त्री सुरेन्द्रराज पाण्डेले पनि योजना बैंक अबिलम्ब सञ्चालनमा ल्याउने बताउनुभयो । पहुँचको भरमा योजना बाडफाँड हुने प्रथालाई अन्त्य गर्दै योजना बैंकमा मात्र छनौट भएका योजनाहरुमा रकम बिनियोजन गर्दा पञ्चबर्षिय योजनाको रोडम्यापमा अगडी बढ्न टेवा पुग्ने उहाँको भनाई छ ।
प्रदेश सरकारले दोस्रो पञ्चवर्षिय योजनाका लागि समेत आधारपत्र सार्वजनिक गरेर सरकोकारवालाहरु सँग छलफल गरिरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News