विहादीको बाच्छा बाट एमाले पर्वतले थाल्यो डिजिटल सदस्यता कार्ड वितरण

विहादीको बाच्छा बाट एमाले पर्वतले थाल्यो डिजिटल सदस्यता कार्ड वितरण

  • Kanchan News

  • बुधबार, कार्तिक २२, २०८०

  • 412
    SHARES
विहादीको बाच्छा बाट एमाले पर्वतले थाल्यो डिजिटल सदस्यता कार्ड वितरण

नेकपा एमाले पर्वत जिल्ला कमिटिले विहादी गाउँपालिका वडा न. १ बाच्छा बाट पार्टीको डिजिटल सदस्यता कार्ड वितरण गरेको छ । मंगलबार एमाले वडा कमिटिले आयोजना गरेको सदस्यता वितरण,पार्टी प्रवेश तथा शुभकामना आदन प्रदान कार्यक्रममा पार्टीको डिजिटल सदस्यता कार्ड वितरणको थालनी गरिएको हो । एमालेमा आवद्ध भई सदस्यता लिएका बाच्छाका सबै सदस्यहरुलाई पार्टीको डिजिटल सदस्यता कार्ड प्रदान गरिएको हो । एमालेको एप डाउनलोड गरे डिजिटल कार्डको सदस्यता नम्बर हानेर हरेक सदस्यले आफ्नो विस्तृत विरण पत्ता लगाउन सकिने व्यवस्था कार्डमा गरिएको छ ।
एमाले सदस्यहरुलाई पार्टीको डिजिटल सदस्यता कार्ड वितरण गर्दै नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव मञ्जु अधिकारीले जनताको काम गर्ने पार्टी एमाले मात्र भएको दाबी गर्नुभयो । उहाँले एमाले सरकारमा हुदाँ धेरै काम भएको चर्चा गर्दै एमालेले जति विकासका कामहरु र राष्ट्रियताको सवालमा दरिलो अडान लिने पार्टी अरु कुनै नरहेको बताउनुभयो । नेपालमा एमाले पार्टीलाई कमजोर बनाउन स्वदेशी तथा विदेशी शक्ति समेत सक्रिय भएको बताउदै अधिकारीले त्यस्तो तत्वलाई प्रतिवाद गर्न जनतानै सक्रिय हुने बताउनुभयो । गरिब र निमुखा वर्गको उत्थानको लागि एमालेले सदैव काम गरिरहने बताउदै एमालेलाई देशको बलियो शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा जोडदिनुभयो ।
नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा प्रदेश सभाका सदस्य मित्रलाल बस्यालले एमाले सरकार बाहिर बस्नुपर्दा देश बिकराल अवस्थामा पुगेको बताउनुभयो । उहाँले गठबन्धन सरकार असफल भईसकेको बताउदै यो सरकार परिर्वतन नहुदाँ सम्म मुलुकले बिकराल अवस्थाको सामना गरिरहनुपर्ने बताउनुभयो ।
एमाले पर्वतका अध्यक्ष राजु प्रसाद पौडेलले बाच्छा बाट सुरु गरिएको डिजिटल कार्ड वितरण पर्वतका सबै वडामा क्रमशः वितरण गर्दै जाने बताउनुभयो । डिजिटल कार्डले एमाले सदस्यहरुलाई सहज हुने बताउदै उहाँले जिल्लामा एमालेलाई बलियो बनाएर लैजान सबै पार्टी पक्ति खट्नुपर्नेमा जोडदिनुभयो ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेस र माओवादी दल परित्याग गरि विभन्नि व्यीक्तहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा देविलाल बिक,छकमाया विक,वम ब. विक,टेक ब.विक, टिकाराम विक,टिकाराज शिलवाल,गोवद्र्धन श्रेष्ठ लगाएतका व्यक्तिहरु एमालेमा प्रवेश गरेको नेकपा एमाले वडा कमिटिका अध्यक्ष तेजेन्द्र खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले जिल्ला कमिटि उपाध्यक्ष पदमपाणी शर्मा,एमाले विहादी गाउँपालिकाका अध्यक्ष ओमप्रसाद कुवँर,एमाले विहादी गाउँपालिका सदस्य तथा विहादी गा.पा.का उपाध्यक्ष मिना शर्मा तिवारी, वडा नं. १ बाच्छाका वडाध्यक्ष चित्र ब.गुरुङ लगाएतले बोल्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News