बिजुली महसुल नतिरेपछि गण्डकीको भौतिक मन्त्रालयको विजुली काटियो

बिजुली महसुल नतिरेपछि गण्डकीको भौतिक मन्त्रालयको विजुली काटियो

  • Kanchan News

  • आइतवार, कार्तिक १९, २०८०

  • 60
    SHARES
बिजुली महसुल नतिरेपछि गण्डकीको भौतिक मन्त्रालयको विजुली काटियो

गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ ।

विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।

सिंहका अनुसार मन्त्रालयले मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ महसुल बुझाउन बाँकी छ । प्राधिकरणले आइतबार नै जिल्ला कारागारको पनि बिजुली काटेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News