पोखरा
गएराति गएको भूकम्पमा परि घाईते भएका नागरिकको उपचार गर्न गण्डकी प्रदेश सरकारले स्वास्थ्य सामग्री सहित चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा पठाएको छ । गण्डकी प्रदेश सरकारले पठाएको टोली प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूको उपचारमा सहभागी हुनेछन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक विज्ञप्ति जारी गर्दै कर्णालीमा गएको भूकम्पबाट पीडित नागरिकको उद्धार र उपचारमा गण्डकी प्रदेश सरकारको साथमा रहेको बताउनुभएको छ । ‘गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गरिनेछ उहाँले जारी गरेको विज्ञप्तीमा भनिएको छ, हाम्रो ‘टोली प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूको उपचारमा यथाशक्य छिटो सहभागी हुनेछ ।
आवश्यकता अनुसार थप स्वास्थ्यकर्मी पठाउन आफुहरु तयार रहेको पनि मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ ।