एमालेको ध्यान मिसन ८४ मा केन्द्रित छः ओली

एमालेको ध्यान मिसन ८४ मा केन्द्रित छः ओली

  • Kanchan News

  • सोमवार, कार्तिक १३, २०८०

  • 177
    SHARES
एमालेको ध्यान मिसन ८४ मा केन्द्रित छः ओली

पोखरा
नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीको सम्पूर्ण ध्यान मिसन ८४ मा केन्द्रित भएको बताउनुभएको छ ।   गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित सदस्यहरुलाई सोमबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण गतिविधि २०८४ सालमा हुने निर्वाचन तर्फ केन्द्रित भएको भन्दै सोही मिसन अनुसार काम गर्न प्रदेश कमिटिलाई निर्देशन दिनुभयो । ओलीले पार्टीमा एकताबद्ध भएर सबैलाई समेटेर अघि बढ्दै आगामी निर्वाचनमा सबै तहमा एमालेको नेतृत्वमा सरकार बनाउने गरि काम गर्न प्रदेश कमिटिलाई निर्देशन दिनुभयो ।
उहाँले आन्तरिक विवादमा रुमलिन नहुने धारण राख्दै पार्टी भित्र भएको चुनावले जनस्तरमा राम्रो सन्देश नगएको पनि बताउनुभयो । गण्डकी प्रदेशमा अधिवेशनमा चुनाव भएको थियो । पार्टी भित्र हुने सहमति तथा सर्वसम्मत नेतृत्व चयन हुँदा लोकतन्त्र कमजोर नहुने अध्यक्ष ओलीको धारणा थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News