को बन्ला कोशी प्रदेशको मुख्यमन्त्री ? केदार कार्कीको दाबी बलियो

को बन्ला कोशी प्रदेशको मुख्यमन्त्री ? केदार कार्कीको दाबी बलियो

  • Kanchan News

  • शुक्रबार, अशोज २६, २०८०

  • 93
    SHARES
को बन्ला कोशी प्रदेशको मुख्यमन्त्री ? केदार कार्कीको दाबी बलियो

कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखले पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि समय लिएका छन् । उनले परामर्शका लागि समय लाग्ने भन्दै आज मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन् ।

उनले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनका लागि दिएको समय सीमा भोलिसम्म रहेको छ । दुईजनाको दाबी परेपछि आवश्यक परामर्शका लागि समय लाग्ने भन्दै मुख्यमन्त्री नियुक्त नगरेका हुन् ।

संविधानको धारा १६८(५) अन्तर्गत रहेर सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता नेता इन्द्रबहादुर आङवोले मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, एकिकृत समाजवादीका ३ र जसपाका १ प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाएका छन् । उनलाई आजै सत्ता गठबन्धनका शीर्ष नेताहरुले मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेका थिए ।

तर कांग्रेसका शिर्ष नेताहरुको निर्णयविरुद्ध असन्तुष्टी जनाँउदै कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले आफूसहित कांग्रेसका ९ सहित प्रदेश सभा सदस्य र एमालेका ३९ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

उनीसहित कांग्रेसका ८ प्रदेश सभा सदस्यले प्रदेश प्रमुख परशुराम खापुंग समक्ष उभिएर केदार कार्कीबाहेक अरु कसैलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर नगरेको भन्दै पत्र बुझाएका छन् ।

पत्र बुझाउँदा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता हिमाल कार्की उपस्थित नभएपनि पत्रमा हस्ताक्षर गरेका छन् । सशरीर उपस्थित भएका प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा अरु कसैले मुख्यमन्त्री बनाउन भनेर बुझाएको पत्रमा आफ्नो हस्ताक्षर भए त्यो झुटो भएको बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News