नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले मंगलबार यस वर्षको दसैँकोटीकाको साइत सार्वजनिक गरेको हो । समितिका अनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमारहेको छ । यस्तै यस वर्षको दसैँको सुरुवात असोज २८ गते आइतबार हुनेछ । समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९बजे रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने समितिकाकार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । यस्तै कार्तिक ४ गते शनिबार फूलपाती रहेको छ । त्यसदिन तुलजाभवानीयात्रा बिहान ८।२४ बजे शुभ रहेको समितिले जनाएको छ । कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनकोसाइत रहेको समितिले जनाएको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने समितिको भनाइ छ । कात्तिक ११ गतेकोजाग्रत पूर्णिमा रहेको छ ।