पोखरा क्षेत्रमा ३८७ गिद्ध भेटिए

पोखरा क्षेत्रमा ३८७ गिद्ध भेटिए

  • Kanchan News

  • शुक्रबार, अशोज ५, २०८०

  • 34
    SHARES
पोखरा क्षेत्रमा ३८७ गिद्ध भेटिए

पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् समाजले १० वर्षदेखिप्रत्येक वर्ष पोखरा आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको

यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय ८७ गिद्ध भेटिएका समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए उनकाअनुसार समाजले यस वर्ष पोखरा आसपासका घाचोक, पुम्दीभुम्दी, पुरानो एवं नयाँ ल्यान्डफिलसाइट दोभिल्लाका साथै तनहुँकाव्यास नगरपालिका१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र दमौलीस्थित ल्याण्डफिल साइडमागिद्धको गणना गरेको थियो

पछिल्ला समयमा बासस्थानका कारण बर्सेनि गिद्धहरू सङ्कटमा पर्दै गएको घिमिरेले बताउनुभयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसञ्चालनमा आएसँगै पोखरा महानगरपालिका१५ छिनेडाँडास्थित फोहर विसर्जनस्थल पोखरा३२ लामेआहालमा सारिएको

गिद्धको बासस्थान विशेषतः अग्लो सिमलको रूख भए पनि पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूखकाटिने क्रमसँगै उनीहरूको बासस्थान सङ्कटमा परेको यस क्षेत्रका अनुसन्धाता बताउँछन् पोखरा उपात्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत स्थानमा करिब १५÷१६ वर्षअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेकाघिमिरेको भनाइ थियो उनका अनुसार सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती यातायातका साधन एवं उद्योगबाट निस्कने धुलोधुवाँका कारण गिद्ध सङ्कटमा परेका हुन् नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको बासस्थान सङ्कटमा पर्नुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्नअवस्थामा पुगेको अनुसन्धाताहरू बताउँछन्

औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई विसं २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग बिक्री वितरणमा प्रतिबन्ध लगाईत्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको ’, उनले भने

घिमिरेका अनुसार विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाइन्छन् दक्षिण एशियामा पाइने नौप्रजाति नेपालमा पनि पाइने ती सबै प्रजाति पोखरामा पाइने उनले जानकारी दिए

पोखरा आसपासमा गरिएको गणनामा सेतो गिद्धको सङ्ख्या सबैभन्दा बढी देखिएको राज गिद्ध एउटा मात्र फेला परेको घिमिरेलेबताए।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News