सामाजिक संस्था नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय प्रथम भेला आज सम्पन्न भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा युवाको व्यापक उपस्थिति भएको भेलाले विभिन्न निर्णय गरेको छ ।
संस्थाका केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश भेलाका संयोजक भुवन सुवेदीको अध्यक्षता, संस्थाका संशापक अध्यक्ष नितेश खरेल (अर्जुन) को प्रमुख आतिथ्यता, संस्थाका केन्द्रीय अध्यक्ष मनिष भुसाल र केन्द्रीय सचिव सन्दिप पौडेल क्षेत्रीको आतिथ्यतामा भएको भेलाले संस्थामा धेरै युवाहरु आवद्व गराएर सामाजिक कार्यमा सक्रियताका साथ काम गर्ने निर्णय गरेको छ ।
राष्ट्रको सामाजिक, आर्थिक र राजनैतिक विकृति सच्याउदै नयाँ जोस जाँगरका साथ देशको मुहार फेर्न सक्ने क्षमताराखेका युवाहरु अब समा रुपान्तरणमा अविचलित लाग्ने गरि छलफल भएको थियो । युवाले चाहेमा जस्तोसुकै परिवर्तन पनि सम्भव हुने भेलाको निष्कर्स छ । कार्यक्रममा संस्थापक सदस्य हरी न्यौपाने, विशाल न्यौपाने लगायत वर्तमान केन्द्रीय कार्यसमिति उपाध्यक्ष शुशिल सुवेदी, केन्द्रीय कार्यसमिति सदस्य मधुसुदन नेपाल (बिपिन) र अभिसेक कार्कीको आतिथ्यता रहेको थियो ।
भेलाबाट संयोजकमा सन्तोष पौडेल, सह-संयोजकमा सन्देश पौडेल, सदस्य सचिवमा राजन अधिकारी, सदस्यमा शुभम पंगेनी, राजु सुवेदी, जनक अधिकारी, विजय खनाल, श्रवण कुमार सुनुवार, विशाल नायक क्षेत्री, लिलाधर भट्ट, गौरव विकविक, आरसन क्षेत्री र गोबिन्द अधिकारी गरि १३ सदस्यीय तदर्थ समितिको गठन भएको छ । उक्त तदर्थ समितिले ६ महिनाभित्र प्रदेश अधिवेशन र एक महिना भित्र गण्डकी प्रदेशका ११ ओटै जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको संस्थाका केन्द्रीय उपाध्यक्ष शुशील सुवेदीले जानकारी दिए ।