प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली बीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्यालयमा सिंहदबारमा पुगेर भेटवार्ता गरेका हुन्।
प्रेस सल्लाहकारमा गोविन्द्र आचार्यले समासायिक राजनीतिक भेटवार्ता भएको बताए। भेटवार्ता संसदलाई प्रभावकारी बनाउने,प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलगायतको बिषयमा छलफल भएको बताए।
उनले भने, ‘प्रधानमन्त्री विपक्षी दलका नेताबीच छलफल हुनु सामान्य हो। सौहार्दतापूर्ण रुपमा भएको भेटवार्तालाई आगामी दिनमा पनि जारी राख्ने सहमति भएको छ।’