कोशी सरकारविरुद्धको रिटको पेशी भोलि पूर्ण इजलासमा पेश गर्न आदेश

कोशी सरकारविरुद्धको रिटको पेशी भोलि पूर्ण इजलासमा पेश गर्न आदेश

  • Kanchan News

  • आइतवार, भदौ १७, २०८०

  • 65
    SHARES
कोशी सरकारविरुद्धको रिटको पेशी भोलि पूर्ण इजलासमा पेश गर्न आदेश

सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट सोमबार पूर्ण इजलासमा पेश गर्न आदेश गरेको छ ।

सभाध्यक्षको प्रयोग गरेर असंवैधानिकरूपमा विश्वासको मत लिएको जिकिरसहित दायर रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालसमा परेपनि पूर्ण इजलासमा लैजान आदेश जारी गरिएको हो ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए । सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News