चिन भ्रमणमा पोखरा बाट चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल हुन्छः प्रचण्ड

चिन भ्रमणमा पोखरा बाट चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल हुन्छः प्रचण्ड

  • Kanchan News

  • शुक्रबार, भदौ १५, २०८०

  • 45
    SHARES
चिन भ्रमणमा पोखरा बाट चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल हुन्छः प्रचण्ड

पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशान स्थापित गर्न सरकारले कुनै कुराको सम्झौता नगर्ने बताउनुभएको छ । आज शुक्रबार समाजवादी मोर्चाको गण्डकीस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टचार अन्त्य र सुशासन स्थापित गर्नको लागि सरकारले पहिलो प्रथामिकता दिएर काम गरेको बताउनुभयो । उहाँले कुनै पनि भ्रष्टचार र अनियमिततामा जुन सुकै राजनितिक दलका नेता भए पनि उन्मुक्ति नदिने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा धेरै खालका मान्छेहरुको सेटिङ भएको बताउदै सुन तस्करीमा सलंग्न कसैलाई पनि नछोड्ने बताउनुभयो । “सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, यसमा संलग्न जुनसुकै राजनितिक दलको भएपनि छाडिदैन”। गैरकानुनी रुपमा नेपाल भित्रिएको ६० किलो सुन प्रकरणको विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको र छिट्टै निष्कर्षमा पुग्न लागेको पनि उहाँले बताउनुभयो ।

चिन भ्रमण ऐतिहासकि उपलब्धिमुलक बनाउने

प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा आफुले महत्वपूर्ण बिषय उठान गर्ने बताउनुभएको छ । आफ्नो चीन भ्रमण लाई ऐतिहासकि उपलब्धिमुलक बनाउने बताउनुभएको हो । उहाँले चीन भ्रमणको एजेन्डाबारे बोल्दै पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा नियमित उडान भर्नेबारे छलफल गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले चि भ्रमणका क्रममा धेरै विद्युतिय आयोजनाका बिषयमा पनि कुरा उठाउने बताउनुभयो । उहाँले ‘कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भएको बताउदै पोखरा र लुम्बिनी एयरपोर्टबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे छलफल गर्ने बताउनुभयो


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News