ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष साबित हुनुभयो अब तनाव हट्योः प्रचण्ड

ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष साबित हुनुभयो अब तनाव हट्योः प्रचण्ड

  • Kanchan News

  • शुक्रबार, भदौ १५, २०८०

  • 180
    SHARES
ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष साबित हुनुभयो अब तनाव हट्योः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित भएको बताउनुभएको छ । आज (शुक्रबार) पोखरामा आयोजित समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उहाँले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले उक्त प्रकरणमा माधव नेपालको संलग्नता नरहेको पुष्टि गरेसँगै अब नेता नेपाल सदाका लागि निर्दोष सावित भएको बताउनुभयो । “ललिता निवास जग्गा प्रकरणमा सिआईबीले माधव जी सँग पनि स्पष्टीकरण सोध्ने तथा अनुसन्धान गर्ने काम गर्यो, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, अनुसन्धानका क्रममा उहाँ दोषी देखिनुभएन, अब उहाँ सदाको लागि निर्दोश सावित हुनुभयो”। उहाँले माधव नेपाललाई अब ललिता निवास जग्गा प्रकरणमा तनाव हटेको र समाजवादी मोर्चामा रहेको हुदाँ आफुलाई पनि तनाव हटेको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News