कृष्णबहादुर महराका छोरा राहुल माथि संगठित अपराधमा अनुसन्धान हुने

कृष्णबहादुर महराका छोरा राहुल माथि संगठित अपराधमा अनुसन्धान हुने

  • Kanchan News

  • बुधबार, भदौ १३, २०८०

  • 57
    SHARES
कृष्णबहादुर महराका छोरा राहुल माथि संगठित अपराधमा अनुसन्धान हुने

विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ ।

उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

उनीमाथि संगठित अपराधमा अनुसन्धान गर्ने भन्दै हिरासतमा राख्न अनुमति माग गरेको सीआईबी स्रोतले बताएको छ ।

गत वर्ष चिनियाँ व्यापारीले भेपमा लुकाएर सुन ल्याएको फेला परेको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उक्त सामान रोकिएपछि चिनियाँ ब्यापारीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलसँग सामान छुटाउन सहयोग मागेका थिए ।

त्यस क्रममा चिनियाँ व्यापारीसँग महरा बाबुछोराको पटक पटक टेलिफोन सम्पर्क भएको भन्दै सीआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पनि दिएको थियो । तर सुन तस्करी प्रकरणमा उनीहरुविरुद्ध अनुसन्धान भएको थिएन ।

महरा बाबुछोरामाथि पनि अनुसन्धान हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नागरिकस्तरबाट पनि माग भइरहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News