पोखरा-४ गणेश टोलमा यू.भि.वाई इन्ट्रप्रेनर्स शाखा को उद्धघाटन

पोखरा-४ गणेश टोलमा यू.भि.वाई इन्ट्रप्रेनर्स शाखा को उद्धघाटन

  • Kanchan News

  • मङ्लबार, भदौ १२, २०८०

  • 3.9K
    SHARES
पोखरा-४ गणेश टोलमा यू.भि.वाई इन्ट्रप्रेनर्स शाखा को उद्धघाटन

पोखरा-४ गणेश टोलमा यू.भि.वाई इन्ट्रप्रेनर्स शाखा को उद्धघाटन गरिएको छ । हिजो मिति २०८०भाद्र ११ गते सोमबारको दिन एक भब्य कार्यक्रमका साथ उद्घाघाटन गरिएको छ । कार्यक्रममा बोल्दै युवा उद्यमी मिलन श्रेष्ठले पछिल्लो समय देशमा बेरोजगारि बढ्दै गैरहेको र दैनिक बैदेशिक रोजगारिको लागि देश छाड्ने युवाको जमात बढ्दै गएकोले युवा जनशक्तिलाई देशमै रोक्न र देशमै केहि गर्नको लागि प्रेरित गर्नको लागि यू.भि.वाई इन्ट्रप्रेनर्स को सुरूवात गरिएको र क्रमश सम्पुर्ण ईच्छुक ब्यक्तिहरू यसमा आबद्द हुन सक्ने बताउनुभयो । त्यसैगरि महिला उद्धमी सन्ध्या राईले अरू क्षेत्रहरूमा महिलाहरूलाई खासै प्राथमिकताका साथ अगाडि नबढाउने प्रचलन रहेको तर यस क्षेत्रमा महिलाहरूलाई पनि बिशेष प्राथमिकता दिईरहेको कुरा जानकारी गराउनुभयो । साथै कार्यक्रममा राजेश राना , शम्भु पराजुली , अर्जुन नायक क्षेत्री , बिशाल नायक क्षेत्री र बिवेक दर्जी लगायतले आफ्ना भनाईहरू राख्नुभएको थियो । बिगत केहि समय देखि यू.भि.वाई इन्ट्रप्रेनर्स ले आफ्नै देशमा केहि अलग गरि आफ्नो भबिष्य उज्ववल बनाउनको लागि लाखौ युवाहरूलाई प्रेरित गर्दै आईरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News