पोखरा
भुटान देखि पोखरा सिधा हवाई उडान हुने भएको छ । ९ सेप्टेम्बर का दिन भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको हो । चार्टर्ड उडानको रुपमा न्यारोबडी जहाजले उडान भर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको बताइएको छ । १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा हाल आन्तरिक तर्फको उडान भएता पनि अन्तर्राष्ट्रिय उडान व्यवसायिक रुपमा हुन सकेको छैन् । चार्टर्ड उडान भने चिन बाट पनि भएको थियो ।