राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै

  • Kanchan News

  • बुधबार, भदौ ६, २०८०

  • 62
    SHARES
राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले उनको भ्रमण स्वीकृत गरेको छ ।

राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता उनी अमेरिका जान लागेका हुन् । केही दिनअघि सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले आफ्नो अमेरिका र चीन भ्रमणको योजना सुनाएका थिए ।

महासभा सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा हुँदैछ। ५ दिनसम्म अमेरिकामा रहेर उनी त्यतैबाट उत्तरी छिमेकी चीनको भ्रमणमा लाग्ने तयारीमा छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News