सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत,एमाले अदालत जाने

सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत,एमाले अदालत जाने

  • Kanchan News

  • सोमवार, भदौ ४, २०८०

  • 75
    SHARES
सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत,एमाले अदालत जाने

प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाकोविश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् प्रस्तावको विपक्षमा ३० मत परेको थियो

१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले भदौमा विश्वासको मत लिन चाहेका थिए तर उपसभामुख सृजना दनुवारलेसोमबारका लागि बैठक राखिन् बिहान उपचारका लागि भन्दै काठमाडौं हिँडिन्

त्यसअघि उनले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी तोकेकी थिइन् मन्सुरीले अध्यक्षमण्डलको सदस्यका हैसियतमा प्रदेशसभा बैठक सञ्चालन गरे

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव राखे सत्तारुढ दलका साथै विपक्षी एमालेका नेताहरुले बोले मुख्यमन्त्री थापालेजवाफ दिएपछि मन्सुरीले मतदान प्रक्रिया सुरु गरे

मतदान सकिएपछि मत सच्याउन तीन मिनेट समय तोके अनि अध्यक्ष मण्डलका अर्का सदस्य गीता तिम्सिनालाई बैठकको अध्यक्षतागर्न आग्रह गरे , आफू मतदानका लागि गए

प्रमुख प्रतिपक्षी एमालेका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरे तर मन्सुरी मत दिएर पुनः बैठकको अध्यक्षता गर्न गए मत गणना गर्नप्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिए

आफैंले दिएको मत समेत जोडेर उनले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरे

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमाले फेरि अदालत जाने भएको

प्रदेशसभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीको समेत मत लिएर मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत पाएका छन् तरएमालेले सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भन्दै अदालत जाने बताएको हो


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News