कर्मचारी सरुवामा बेथिती,उपसचिवलाई मन्त्रालय थन्क्याएर अधिकृत आठौँलाई प्रमुखको जिम्मेवारी

कर्मचारी सरुवामा बेथिती,उपसचिवलाई मन्त्रालय थन्क्याएर अधिकृत आठौँलाई प्रमुखको जिम्मेवारी

  • Kanchan News

  • आइतवार, भदौ ३, २०८०

  • 1.7K
    SHARES
कर्मचारी सरुवामा बेथिती,उपसचिवलाई मन्त्रालय थन्क्याएर अधिकृत आठौँलाई प्रमुखको जिम्मेवारी

गण्डकी प्रदेश सरकारले ठूलो मात्रामा कर्मचारी सरुवा गरेको छ । कार्य सम्पादन,अनुभव र सिनियर भन्दा राजनीतिक पहुँचको तजबिजका आधारमा सरुवा गरिएको छ । २ वर्ष वा त्यो भन्दा बढी एउटा कार्यालयमा रहेका कर्मचारीहरुको सरुवा गर्ने मापदण्ड बनाइएको भएता पनि एक बर्ष पुरा नभएका कर्मचारहरुको पनि सरुवा गरिएको छ । निजामती कर्मचारीको सरुवा प्रक्रिया मनलाग्दी शैलीमा अपारदर्शी र विभेदकारी हुने गरेको भनेर चौतर्फी आलोचना भईरहेका बेला प्रदेश सरकारले त्यसको बेवास्ता गर्दै राजनितिक आडमा कर्मचारीको सरुवा गरेको पाईएको छ ।
कर्मचारी सरुवा व्यवस्थापन समेतको जिम्मेवारी पाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहिलो चरणमा इन्जिनियरिङ, कृषि र वन समूहका कर्मचारीहरुको सरुवा गरेको छ बाकीँको केही दिनमा गर्ने तयारी छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरुवा गरेपछि मन्त्रालय तथा जिल्लाका भित्रका कार्यालयहरुमा कार्यरत कर्मचारीको अदलीबदली भएको छ ।

पूर्वाधार विकास कार्यालय, सिँचाइ र खानेपानी डिभिजन, डिभिजन वन कार्यालय, भू—जलाधार कार्यालय, कृषि ज्ञान केन्द्र, पशु विज्ञ केन्द्रका प्रमुखहरु सबैजसो जिल्लाका फेरिएका छन् । त्यस्तै लेखाका कर्मचारीको पनि सरुवा गरेको छ । कति सम्म भने सरकारले डिभिजन वन कार्यालय तनहुँमा दरबन्दीभन्दा बढी कर्मचारी पठाइएको छ । अन्य जिल्लामा कर्मचारीको अभावमा कार्य सम्पादनमा समस्या सिर्जना भईरहदा तनहुँमा भने दरबन्दी भन्दा बढी कर्मचारी पठाएको छ ।
कर्मचारी सरुवामा पनि राजनितिक पूर्वाग्रह राख्दै सरकारले सिनियर अफिसरलाई मन्त्रालय थन्क्याएर जुनियरलाई नि.प्रमुखको जिम्मेवारी दिएर पठाएको छ । उपसचिव स्तरका कर्मचारीलाई मन्त्रालय थन्क्याएर प्रदेश सरकारले अधिकृत आठौँ स्तरका कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि देखिएको छ । एक वर्ष नपुग्दै पटक पटक कार्यालय प्रमुख फेरिएका दृष्टान्त अनगन्ती छन् । सरुवालाई अब पनि व्यवस्थित र वैज्ञानिक नबनाई नेता र मन्त्रीको आसपासका कर्मचारी लाई काखा र अन्यलाई पाखा गर्ने हो भने सरकारी सेवाका कर्मचारीको कामप्रतिको उदासीनता अझ बढ्ने निश्चित देखिन्छ ।

सम्बन्धित मन्त्रालयबाट पठाएको स्थानमा नभइ केही फरक गरेर मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सरुवा गरेको भन्दै मन्त्री र सचिवहरुले समेत असन्तुष्टि जनाएका छन् । कर्मचारीहरुले आफूलाई नियतवश पूर्वाग्रह राखेर सरुवा गरेर पेलेको आरोप लगाएका छन् ।
हेर्नुहोस कस्लाई कहाँ सरुवा गरियो

May be an image of clarinet, blueprint and text

May be an image of clarinet, blueprint and text

May be an image of clarinet, blueprint and text

May be an image of clarinet, blueprint and text

May be an image of clarinet, blueprint and text

May be a black-and-white image of blueprint, map and text

May be an image of blueprint and text that says "नामथर पद हालको कार्यालय जिल्ला अधिकृत मरासेनी २०१६०५ सरुबा गरिएको कार्यालय जिल्ला अधिकृत अधिकृतस्तर कैफियत ६০০੧૬ कास्की डिभिजन अधिकृत कास्की प्रयोगशाला पोखरा बहादु रायमाझी जलसोतत खानेपानी अधिकृत कास्की कार्यालय, यातायात अधिकृत उद्योग कार्यालय अधिकृत कार्यालय प्रकाश गौतम अस्पताल स्वास्थ्य कास्की अधिकृत नियन्तरक कार्यालय कास्की लमजुड गोरखा डिभिजन गोरखा अधिकृत कार्यालय तनहु अधिकृत तनहु 2 तनहुं १९३६२७ अधिकृत अधिकृतस्तर तनहुं सुबेदी २०३१७६ अधिकृत नवलपरासी(बर्दघाट अधिकृतस्तर भिमबहादुर रेग्मी अधिकृत अधिकृतस्तर लेखापाल डिभिजन मह्तापरवी परासी(बर्दघाट अधिकृत अधिकृतस्तर ांधकृत १७१७१२ पर्वत व्यवस्थापन कार्यालय पर्वत १९४२५० अधिकृतस्तर कार्यालय, कार्यालय, अधिकृत अधिकृतस्तर धौलागिर स्याइजा औपधालय, बाग्लुड बाग्लुड"

May be an illustration of floor plan, map, blueprint and text


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News