पर्वतमा भारी वर्षा मापन

पर्वतमा भारी वर्षा मापन

  • Kanchan News

  • बिहिबार, साउन ३२, २०८०

  • 845
    SHARES
पर्वतमा भारी वर्षा मापन

पर्वतमा धेरै भारी वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पुर्वानुमान् महाशाखाका अनुसार पछिल्लो चौबिस घन्टामा कार्कीनेटा आसपास धेरै भारी वर्षा मापन भएको हो।

महाशाखाका अनुसार त्यहाँ पछिल्लो चौबिस घन्टामा १२३.६ मिलिमिटर वर्षा मापन भएको छ।

आज बिहान साढे २ बजे इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही र आसपासका जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा मापन भएको थियो।

मौसम विज्ञानमा ५० मिलिमिटरसम्मको वर्षालाई  भारी वर्षा, १०० मिलिमिटर भन्दा धेरै भारी वर्षा र  २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भनिन्छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News