प्रदेशसभा गठन भएको ७ महिनापछि बल्ल गण्डकी प्रदेश सभाको संसदीय समिति गठन भएको छ ।
दलहरुबीचको लामो छलफल र गृहकार्यपछि टुंगो लागेपछि मंगलबार सभामुख कृष्ण धितालले संसदीय समितिका सदस्यको नाम पढेरसुनाएका थिए ।
सभामुखले वाचन गरेको नाम बैठकले अनुमोदन गरेको हो । नियमावली मस्यौदा समितिले यसपटक विषयगत समितिको कार्यक्षेत्र रनामसमेत हेरफेर गरेको थियो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा ४ वटा संसदीय समिति रहेका छन् । पहिलेकोे विधायन समिति खारेज भएकोे छ भने अन्यसमितिको क्षेत्राधिकार परिवर्तन भएको छ । ३ वटा समितिमा १५/१५ जना र एक वटामा १३ जना सदस्य मनोनयन गरिएको छ । पहिलेसमितिमा सदस्यको टुंगो लागि सकेपछि बल्ल सभापतिको निर्वाचन हुने छ ।
समितिको सभापतिमा भने दलहरुले अझै टुंगो लगाउन सकिरहेका छैनन् ।
सार्वजनिक लेखा समिति विपक्षी दललाई दिने संसदीय परम्पराअनुसार एमालेले पाउने पक्काजस्तै छ ।