पोखरामा बस चेकजाँचको क्रममा सुन जस्तो धातु देखिएपछि एक महिला पक्राउ

पोखरामा बस चेकजाँचको क्रममा सुन जस्तो धातु देखिएपछि एक महिला पक्राउ

  • Kanchan News

  • बिहिबार, साउन २५, २०८०

  • 119
    SHARES
पोखरामा बस चेकजाँचको क्रममा सुन जस्तो धातु देखिएपछि एक महिला पक्राउ

काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेँलो धातुसहित एक महिला पक्राउ परेकी छन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरा आएको बस पृथ्वी चोकमा चेकजाँच गर्ने क्रममा कल्पना गुरुङ सुन जस्तो देखिने पहेँलो धातुसहित उनलाई पक्राउ परेका हुन् ।

बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेँलो धातुसहित गुरुङ पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोशीले पुष्टि गरे ।

पक्राउ परेकी गुरुङका साथबाट बरामद भएको सुन जस्तै देखिने धातु २८० ग्राम २९ मिलीग्राम रहेको जसमा सुन नै प्रमाणित भए २४ तोला रहेको डिएसपी जोशीले बताए ।

अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News