आँखा पाक्ने रोग फैलिएपछि पोखराका विद्यालय बन्द

आँखा पाक्ने रोग फैलिएपछि पोखराका विद्यालय बन्द

  • Kanchan News

  • बुधबार, साउन २४, २०८०

  • 83
    SHARES
आँखा पाक्ने रोग फैलिएपछि पोखराका विद्यालय बन्द

आँखा पाक्ने रोग फैलिदै गएपछि महानगरपालिकाका सम्पूर्ण विद्यालयहरुमा पठनपाठन बन्द भएको छ । पोखरा महानगरपािलकाका सामुदायिक, संस्थागत तथा मन्टेस्वरी स्कुलहरू तीन दिनका लागि बन्द हुने भएका हुन ।
आँखा पाक्ने रोगले धेरैलाई आक्रान्त पारिरहेको र उक्त रोगको प्रभाव विभिन्न विद्यालयहरूमा समेत परिरहेकोले विद्यालय बन्द गर्नुपरेको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिनुभयो । आँखा पाक्ने रोग आफैँमा संक्रमित रोग भएकाले संक्रमणलाई रोक्नको लागि विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो । बर्खे,हिउँदे र स्थानीय बिदाबाट कट्टा हुने गरी तीन दिन बिदा दिने निर्णय भएको गरिएको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News