वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला सडकको कालोपत्रे सम्पन्न

वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला सडकको कालोपत्रे सम्पन्न

  • Kanchan News

  • बिहिबार, साउन १८, २०८०

  • 2.1K
    SHARES
वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला सडकको कालोपत्रे सम्पन्न

पोखरा
पर्वतको विहादी गाउँपालिकाको वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला सडक कालोपत्रे भएको छ । प्रदेश सरकारको १६ करोडको लागतमा वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला सडकको कालोपत्रे गर्ने काम सम्पन्न भएको हो । वालिङ—हुवास— वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला सडक खण्ड अन्तर्गत चिसापानी— वहाकीभञ्ज्याङ सडक गत बर्षनै कालोपत्रे सम्पन्न भएको थियो । बाकीँ रहेको वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला ८.५ कि.मि.सडक कालोपत्रे गरेर सकिएको हो । आठ मिटर चौडा सडकमध्ये ५.५ मिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।
उक्त सडकलाई पक्कि गराउनको लागि २०७४ को निर्वाचनमा सोही क्षेत्र बाट निर्वाचित भई गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री समेत भएका विकास लम्सालले पहिलो प्रथामिकतामा राखेका थिए । २०५४ सालमा उक्त सडकको ट्राक वपन गरिएको थियो ।
सडक कालोपत्रे भएसँगै त्यस क्षेत्रका वासिन्दाहरु निकै हर्षित भएका छन् । यो सडक कालोपत्रे भएपछि उराम,शालिग्राम,वहाकी,रानीपानी,बर्राचौर,बाच्छा सँगै पैंयु गाउँपालिकाका नागरिकहरुलाई आउजाउ गर्न सहज भएको छ । विहादीका मुख्य सडकहरु कालिगण्डकी करिडोर र हुवास— वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला सडक खण्ड पक्कि भए सँगै विहादी गाउँपालिकाको यातायातमा निकै सहजता पुगेको छ ।
विहादी गाउँपालिकमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालिगण्डकी करिडोर पर्वत खण्ड अन्तर्गत रानीपानी—लुवाखोला सडक खण्ड पक्कि भईसकेको छ भने सेतीवेणी देखि मिर्मी सम्म कालोपत्रे गर्ने काम भईरहेको छ । त्यस्तै लुवाखोला—फलेवास ढिक सम्मको बाकीँ खण्डको पनि यसै बर्षको कात्र्तीक सम्ममा काम सम्पन्न गर्ने तयारी छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News