आगो झै फैलियो लम्पी स्किन रोग, रोग नियन्त्रण नभएपछि गण्डकीका किसान चिन्तित

आगो झै फैलियो लम्पी स्किन रोग, रोग नियन्त्रण नभएपछि गण्डकीका किसान चिन्तित

  • Kanchan News

  • बिहिबार, साउन १८, २०८०

  • 793
    SHARES
आगो झै फैलियो लम्पी स्किन रोग, रोग नियन्त्रण नभएपछि गण्डकीका किसान चिन्तित

पुश चौपायामा छालाको रोग (लम्पी स्किन डिजिज) को प्रकोप बढ्दै जान थालेपछि गण्डकी प्रदेशका किसानहरु चिन्तित बनेका छन् । लामो समय अघि देखि फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा आउने आशा गरेका किसानहरु प्रदेशभरनै संक्रमणदर झनै बढ्दै गएपछि चिन्तित छन् । लम्पी स्किन रोगको सामान्य उपचार गरिए पनि गाईबस्तु बचाउन मुस्किल भइरहेपछि किसान चिन्तित छन् । डढेलो झै फैलिएदै गएपछि लम्पी स्किनलाई महामारीको रुपमा घोषणा गर्न गण्डकी प्रदेशका किसानहरुले सरकार सँग माग गरेका छन् । अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष गोवद्र्धन गौलीले किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनासहित राहतको प्याकेजका कार्यक्रम तत्काल ल्याउनुपर्ने बताउनुभयो । त्यस्तै बिमा कम्पनीले क्षतिपूर्ति समयमै भुक्तानी पनि नगरेको भन्दै किसानहरु दुखित बनेका छन् ।
गण्डकी प्रदेशमा २ हजार २८४ गाईबस्तु लम्पी स्किन रोगका कारण मरेका छन् भने हालसम्म ५८ हजार ९८२ गाइभैसी लम्पी स्किनबाट संक्रमित भएको र यसको नियन्त्रणमा विभिन्न प्रयासहरु गरिरहेको बताउनुहुन्छ कृषि तथा भूमि व्यवस्था मन्त्रालय पशुपंछी विकास महाशाखा प्रमुख डा. गृष्म न्यौपाने ।
गण्डकी प्रदेशका ११ जिल्लामै लम्पी स्किन फैलिएको छ । मुस्ताङको लोमान्थाङ, लो घेकर दामोदर कुण्ड र मनाङको नापाभूमि गाउँपालिकाबाहेक ८२ वटा स्थानीय तहमा लम्पी स्किनको संक्रमण फैलिएको छ । सबैभन्दा बढी गोरखाका १६ हजार ९९६ र कम मनाङका ११ पशुचौपाय लम्पी स्किनबाट संक्रमित भएका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News