एमालेले एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्‍याउने

एमालेले एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्‍याउने

  • Kanchan News

  • बिहिबार, साउन ४, २०८०

  • 65
    SHARES
एमालेले एघारौं महाधिवेशनमा  १० लाख पार्टी सदस्य पुर्‍याउने

नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख गुणस्तरीय सदस्य पुर्याउने संकल्पमा पार्टी लागिरहेको जनाएको छ ।

संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका छन् ।वक्तव्यमार्फत अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने काम भएको पनि उल्लेख गरेका छन् ।

दशौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोजिएको छ । त्यतिबेला कायम भएका सदस्यहरुमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरुको नाम यथावत् थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यहरुको ठूलो संख्या पनि त्यसमा पर्न गयो’, विज्ञप्तिमा लेखिएको छ ।

दशौं महाधिवेशनमा एमालेले पार्टी सदस्य ८ लाख पुगेको जनाएको थियो । तर त्यो संख्या वास्तविक नरहेको एमालेले प्रष्ट्याएको छ । पार्टी सदस्यता नवीकरण कम हुनुमा यसपटक लिइएको नयाँ नीतिले पनि काम गरेको बक्तव्यमा लेखिएकोछ ।

‘यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरुको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्कृय सदस्यहरुले पनि नवीकरण गर्ने अवसर पाउँथे’ बक्तव्यमा भनिएको छ, ‘..नेतृत्वका आकांक्षीहरुबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरुको शुल्क तिरिने, दबाव दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरुका कारण अनुचित ढंगले पनि संख्या बढ्न पुग्यो ।’ तर यसपटक योग्य सदस्यहरुको मात्रै नवीकरण भएको अधिकारीले प्रष्टोक्ति दिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News