लमजुङमा झाडापखलाले बालकको मृत्यु

लमजुङमा झाडापखलाले बालकको मृत्यु

  • Kanchan News

  • मङ्लबार, असार १९, २०८०

  • 93
    SHARES
लमजुङमा झाडापखलाले बालकको मृत्यु

सराेज विश्वकर्मा/ लमजुङ
असार १९ गते ।
झाडापखलाले लमजुङमा एक बालककाे मृत्यु भएकाे छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. २ घनपाेखरा भाचे भदाैरेका ६ वर्षका सन्दिप विकको झाडापखलाबाट मृत्यु भएकाे हाे।

बालकलाई साेमबारदेखि झाडापखला लागेकाे अामा सिमा विकले जानकारी दिईन् । विरामी बालकलाई मंगलबार विहान उपचारका लागि खुदी स्वास्थ्य चाैकी ल्याउँदै गर्दा बाटाेमा मृत्यु भएकाे उनले बताईन् ।

`बाबू हिजाेदेखि झाडापखलाले विरामी थियाे । घरमा जीवनजल थिएन, खुवाउन पाईएन´, सिमाले भनिन, `विहान अाैषधी गर्न ल्याउँदा ल्याँदै काखैमा वित्याे ।´


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News