गण्डकी प्रदेशका सबै क्रसर उद्योग बन्द

गण्डकी प्रदेशका सबै क्रसर उद्योग बन्द

  • Kanchan News

  • सोमवार, असार १८, २०८०

  • 99
    SHARES
गण्डकी प्रदेशका सबै क्रसर उद्योग बन्द

पोखरा
गण्डकी प्रदेश भित्रका सबै क्रसर उद्योग बन्द भएका छन् । शनिवार देखि प्रदेशका सबै क्रसर उद्योग अनिश्चित कालका लागि बन्द गरिएको नेपाल क्रसर तथा खानी उद्योग महासंघका उपाध्यक्ष लीलाधर बरालले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर, शुल्क, लगायतका राजस्व बुझाउन जाँदा कार्यालयले नबुझेको र उद्योग पनि नविकरण नगरेपछि प्रदेशका सबै क्रस उद्योग अनिश्चित कालका लागि बन्द गर्न बाध्य भएको बरालले बताउनुभयो । नवीकरण गरेर क्रसर उद्योग सञ्चालन गर्छौ भन्दा पनि नपाएपछि आफुहरुले यो कदम चालेको उहाँको भनाई छ ।
गण्डकी प्रदेश बाट ४९ ओटा उद्योग महासंघमा आबद्ध रहेको र त्यसमा करिब ३ अर्ब लगानी रहेको बताइएको छ । गण्डकी प्रदेशका क्रसर उद्योग बाट १० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको महासंघको दाबी छ । व्यवसायीको लगानीको सुरक्षा गर्नुपर्ने राज्यको दायित्व भएको बताउदै गण्डकी क्रसर उद्योग व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले पहाडी क्षेत्रमा अहिलेकै अवस्थामा क्रसर उद्योगले सरकारले तोकेको मापदण्ड पालना गर्न नसक्ने जिकिर गर्नुभयो ।
क्रसर व्यवसायीहरुले प्रशोेधन र उत्खननको अलग अलग मापदण्ड बनाउनुपर्ने र बाटो, वन, विद्युत र मठ, मन्दिरबाट उद्योग २ किमी टाढा उद्योग राख्नुपर्ने प्रावधान अव्यबाहारिक भएको बताएका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News