हराउदै असारे भाका

हराउदै असारे भाका

  • Kanchan News

  • शुक्रबार, असार १५, २०८०

  • 93
    SHARES
हराउदै असारे भाका

सहरिया नयाँ पुस्तालाईबेठीशब्द नै आश्चर्यको विषय बन्न सक्छ बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ ग्रामीणभेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको नौमती बाजा बजाएर असारे भाकामाबाउसे रोपाहारको दोहोरी सहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको

पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न बेठी परम्परालाई संरक्षण गर्ने प्रयास गरिएको लोप भइसकेको बेठी परम्पराकोजगेर्ना गर्न सङ्खुवासभाको पाँचखपन नगरपालिका वानाका चार दाजुभाइले गत वर्ष बेठी लगाएर धान रोपाइँ गरेका थिए चारदाजुभाइले २० वर्षपछि लगाएको बेठी युवापुस्ताका लागि अत्यन्तै नौलो रोचक दृश्य बनेकोे पाँचखपनका स्थानीय वृद्ध बृहस्पतिगौतमले बताउनुभयो
नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित गत वर्ष बेठी लगाउँदै धान रोपाइँ गरिए पनि यस वर्ष निरन्तरता पाउन सकेन हराउनैलागेको बेठीको संरक्षण गर्नका लागि आफूहरुले यस वर्ष बेठी लगाएको चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो वर्षौँअघिदेखि चल्दै आएकोबेठी रोपाइँको चलन अहिले एक देशको कथाजस्तो भएको स्थानीयवासीको भनाइ पहिले नै हिलो आली सकेर तयार पारेकोपर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोलीभएपछि मात्र बेठीको रौनक शुरु हुन्छ

मानव जीवन हिलो माटोबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जीसमुदायले बाजा बजाउने श्रमिकले आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन रहेको पाँचखपन का ७१ वर्षीयटीकादत्त भट्टराईले बताउनुभयो देशमा भूमिसम्बन्धी जिम्मावाल व्यवस्था कायम रहुञ्जेलसम्म जिम्मावालको सान रवाफको पर्यायबन्दै आएको बेठी परम्परा विसं २०२१ मा लागू भएको भूमिसुधार कार्यक्रमपछि गाउँ समाजमा सामाजिक प्रतिष्ठाका रूपमा हुनेखाने वागाउँका धनीमानी वा मुखियाहरुकै प्रतिष्ठा वृद्धिको माध्यमका रूपमा चल्दै आयो
नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिन पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्छ सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहितभकारी बाँधेर नाचसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिन्छ
रोपाइँ सकेपछि भोज खाने चलन रहेकाले यसलाई किसानले पछिल्लो समय पर्वका रूपमा मनाउन थाले बेठीको दिन आप्mनाचेलीबेटीलाई समेत बोलाएर रोपाइँ गर्ने चलन नौमती बाजा, दर्जनौँ हलगोरु, सयौँ रोपाहार बाउसेहरुले एकै दिन रोपाइँ गरेरउनीहरुले यसलाई पर्वका रूपमा मनाउने गरेका थिए अरुबेला गरिएको रोपाइँमा खेताला पर्म बोलाइएकाहरुलाई पैसा दिनुपर्ने भएपनि बेठीमा आएकाहरुको पर्म तिर्नु पर्दैन तर रोपाइँ सकिएपछि माटोको टीका धानको बीउको फूल लगाएर रोपाहार चेलीबेटीलाईदक्षिणास्वरुप पैसा दिने चलन
बेठी परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण गर्नु किसानको मात्र नभएरसरकारको समेत कर्तव्य भएको सरोकारवालाको भनाइ नेपाली समाजमा यो चलन कहिले शुरु भयो कसैले यकिनसाथ भन्न सक्तैन जे जसरी शुरु भए पनि पहिलेको समाजमा मुखिया वा जमीनदारहरुले बेठी लगाउने दिन भनेपछि उसको समाजका सबैले आफ्नोपरिवारबाट एक जना श्रमिक पठाउने गर्दथे तत्कालीन समाजमा बेठीमा आएका श्रमिकलाई ज्याला दिइँदैनथ्यो पर्म नै तिरिन्थ्यो
जिम्मावाल वा मुखिया प्रथामा आएको परिवर्तनसँगै बेठी परम्परामा समेत आएको परिवर्तनले श्रमिकहरुलाई ज्याला दिने चलन बसेकोथियो
सामाजिक परिवर्तनको लहर वा मानिसहरुको दृष्टिकोण बानी व्यवहारमा आएको परिवर्तनले बेठी परम्पराको अस्तित्व लोप हुनपुगेको आजभोलि गाउँघरतिर पहिलेको जस्तो खेतीपातीको काममा आकर्षण छैन पछिल्लो समय ग्रामीण भेगका युवापुस्ता शहर केन्द्रितश्रम, वैदेशिक रोजगारी कृषि कार्यमा अपेक्षित ज्याला नपाइने भएकाले खेतीपाती छाड्ने गरेका छन् सङ्खुवासभामा १३ हजार हेक्टरजमीनमा धानखेती गरिने गरेको कृषि ज्ञान केन्द्र सङ्खुवासभामा प्रमुख गोविन्द आचार्यले बताउनुभयो जिल्लामा अहिलेसम्म १७प्रतिशत धान रोपाइँ सकिएको प्रमुख आचार्यको भनाइ


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News