पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार बराबरको बजेट ल्याएको छ। १३ औं नगर सभामा आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गर्नुभयो ।
बजेटको स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख, राजश्व बाँडफाड ८ करोड २५ लाखव्यहोर्ने रहेको छ ।
स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१हजार प्राप्त हुने अनुमान गरिएको छ । बाकीँ चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने बताईएको छ ।
पूर्णपाठBudget-Speech-pokhara-2080-81-final